,

आगो बालेर मोबाइल चार्ज

 सौर्य उर्जा र आपतकालिन चार्जरबाट मोबाइल तथा ट्याब्लेट चार्ज गर्न सकिने कुरा त सुन्नु भएकै होला। तर अब यस्तो मोबाइल चार्जरको आविश्कार भएको छ जसले आगो बालेपछि मोबाइल चार्ज गर्छ। यस खालको आगो बालेर मोबाइल चार्ज गर्ने उपकरण हो बायोलाइट क्याम्प स्टोभ। ट्रेकिङ , क्याम्पिङ या लामो यात्रामा निस्कनेहरुका लागि खाना बनाउनका लागि तयार पारिएको यो स्टोभले मोबाइल तथा अरु ग्याजेट पनि चार्ज गर्छ।
खाना तयार पार्नका लागि काठका टुक्रा प्रयोग गरेर आगो बाल्न सकिने एक केजी तौल रहेको यो स्टोभले खाना पकाउँदा मोबाइल पनि चार्ज गर्छ। यसमा प्रयोग भएको थर्मोइलेक्ट्रिकल प्रणालीले खाना बनाउँदा बालेको आगोबाट विद्युत शक्ति पैदा गर्छ। यसखालको प्रणालीले स्टोभ भित्र रहेको पंखामा शक्ति उत्पन्न गर्छ जसको घुमाइले आगोलाई चर्को मात्र बनाउँदैन विद्युत शक्ति पनि पैदा गर्छ। यसले पैदा गर्ने विद्युत शक्ति यूएसबीको माध्यमबाट स्मार्टफोन, जीपीएस उपकरण साथै ट्याब्लेट पनि चार्ज गर्न सकिन्छ।
बायोलाइटले यो उत्पादनको नारामा नै इन्धन बिर्सनुस् आफ्नो ग्याजेट चार्ज गर्नुस् रहेको छ। यसमा खाना बनाउनका लागि दाउरा पनि कम लाग्छ र खाना पनि छिटो पाक्छ। यसले धुँवा पनि निक्कै कम मात्र उत्पन्न गर्छ। यसको आकार पनि सानो छ। एउटा पानी खाने बोटल जत्रो। यो स्टोभ ८.२५ इन्च अग्लो र पाँच इन्च चौडाइको छ। यसले पाँच मिनेटमा एक लिटर पानी उमाल्न सक्छ। त्यसका लागि जम्मा ४६ ग्राम मात्र काठ लाग्छ। यसको मुल्य एकसय ३० डलर अर्थात करिब १२ हजार नेपाली रुपैंया मात्र रहेको छ।




\

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide