,

लागुऔषधसहित शिव परियार पक्राउ

१६ असार, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा एक युवा लागुऔषधसहित पक्राउ परेका छन् ।

लागुऔषध कारोबार र प्रयोगको उर्बर थलो मानिँदै आएको बर्दिवासमा ३२ थान स्पास्मोप्रोक्सिभाम र ३० टेब्लेट नाइटुटसहित बर्दिवास–३ का २४ वर्षीय शिव परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

आज बिहान नियमित गस्तीमा रहेको प्रहरी टोलीले शिव मन्दिर परिसरमा परियारको झोला तलास गर्दा सो परिणामको लागुपदार्थ बरामद भएको हो ।

पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक तुल्सीप्रसाद अधिकारीले जानकारी दिए ।

पछिल्ला केही वर्षयता बर्दिवास क्षेत्र लागुपदार्थ कारोबार र प्रयोगकर्ताहरुको मुख्य केन्द्र बन्दै आएको छ । चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमार्फत चलेका लागुपदार्थ ओसारपसार र प्रयोगसम्बन्धी १७ वटा मुद्दामध्ये १३ वटा बर्दिवास क्षेत्रकै रहका छन् ।

पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा यस अवधिमा ५०० क्विन्टल गाँजा बर्दिवास क्षेत्रबाटै पक्राउ गरिएका इलाका प्रहरी बर्दिवासले जनाएको छ ।

बर्दिवास पूर्व–पश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गम भएकाले यहाँ व्यापारिक कारोबार बढेपछि लागुऔषध कारोबारी र प्रयोगकर्ताले पनि यसलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएको प्रहरीको भनाइ छ । रासस


0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide