Technology News,
सामसङले ल्यायो टच स्क्रिन स्लिम ल्यापटप
Posted by Bijay Kuikel
Published on Wednesday, July 17, 2013
सामसङले
केही दिनअघि लण्डनमा सार्वजनिक गरेको एटिभ बुक ९ लाइट ल्यापटपको बजार
मूल्य सार्वजनिक गरेको छ। दुई हप्तापछि बजारमा उपलब्ध हुने बुक ९ लाइट
ल्यापटपको मूल्य म्याकबुक एयर ११ इञ्चभन्दा २ सय डलर कम राखेको छ। सामसङले
यो अल्ट्राबुकलाई प्लाष्टिकसँगै फ्यान्सी मेटल बडीमा उपलब्ध गराएको छ।
अमेरिकी भर्सनको बजार मूल्य अमेरिकी डलर ७९९ तोकिएको बुक ९ लाइटका
ल्यापटपहरु अहिलेलाई कालो र सेतो रंगमा मात्र उपलब्ध हुनेछन्।
0 comments
Readers Comments