,

पाकिस्तानमा आज फेरि शक्तिशाली भूकम्प

इस्लामावाद, आश्विन १२ । पाकिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । गत मंगलबार कम्तीमा ४ सय जनाको ज्यान गएको दक्षिण पश्चिमी पाकिस्तानलाई केन्द्र विन्दु गरी पुनः आज ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी जिओलजिकल सर्भेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्प कराँचीबाट २ सय ५० किलोमिटर उत्तरमा गएको जनाइएको छ । यसपटक पनि भूकम्पले बलोचिस्तान र सिन्ध प्रान्तमा असर पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । क्षतिको विवरण भने आइसकेको छैन ।

पाकिस्तानी भूकम्प मापन केन्द्रले भने ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

केन्द्रका प्रमुख आरिफ महमुदले अझै केही समय यस्तो झड्का भइरहने जनाएको एपीले उल्लेख गरेको छ ।


0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide