,

वैज्ञानिकले बनाउँदैछन् फाइभ जी नेटवर्क, एक सेकेण्डमा ८ सय जिबी डाउनलोड

मोबाइल नेटवर्कको पाँचौँ पुस्ता अर्थात् फाइभ जी नेटवर्कको विकाश गर्ने काम सुरु भएको छ ।बेलायतको युनिभर्सिटी अफ सरेका शोधकर्ताहरुले फाइभ जी नेटवर्कको आविष्कारमा अनुसन्धान सुरु गरेका छन् ।
फाइभ जी इनोभेशन सेन्टरका मुख्य शोधकर्ता प्राध्यापक रहीम तफाजोलीका अनुसार फाइभ जी नेटवर्क यसअघिको टू जी, थ्री जी तथा फोर जी भन्दा निकै भिन्न हुनेछ । फाइभ जी ले सबैकुरा नाटकीय रुपमा उलटपुलट गरिदिने दाबी उनको छ ।
उनका अनुसार यो नेटवर्कको माध्यमबाट स्मार्ट शहरहरु एक अर्कामा जोडिनेछन्, टाढा बसेरै शल्यक्रिया गर्न सकिनेछ तथा ड्राइभर विनाका कारले वास्तवमा मूर्तरुप पाउनेछन् ।
शोधकर्ताहरुका अनुसार फाइभ जी नेटवर्क वास्तवमा सुपरफास्ट हुनेछ । यो नेटवर्कमा डाटाको ट्रान्सफर रेडियो तरंगका माध्यमबाट प्रसारित हुनेछ वा रेडियो तरंगलाई अलग अलग ब्याण्ड अर्थात् तरंगमा बाँडिनेछ ।
शोधकर्ताहरुका अनुसार फाइभ जी को मार्ग प्रसस्त गर्नका लागि रेडियो नेटवर्कको ढाँचालाई नयाँ ढंगमा तयार गर्नुपर्ने हुन्छ । फाइभ जी निकै तिब्र गतिको हुनेछ । फाइभ जी नेटवर्कको स्पीड ८ सय जीबीपिएस हुनेछ । अर्थात् एक सेकेण्डमा ८ सय गिगाबाइट डाटा ट्रान्सफर गर्न सकिनेछ । फाइभ जी लाई अहिले जुन स्पीडमा परीक्षण गरिँदै आएको छ त्यसभन्दा यो गति सय गुणा तिब्र हो ।
सामसुङले सन् २०१३ मा फाइभ जी नेटवर्कको परीक्षणको चर्चा गरेको थियो उसको स्पीड १ जीबीपिएस थियो । अर्थात् यो स्पीडमा समेत एउटा पूरै फिल्मको भिडियोलाई १ मिनेटभन्दा कम समयमा डाउनलोड गर्न सकिने कुरालाई लिएर सबै उत्साहित थिए ।
अहिले जुन ८ सय जीबीपिएस गतिवाला फाइभ जी नेटवर्कको अनुसन्धान सुरु भएको छ त्यो कामयावी भएमा ३३ वटा एचडी फिल्म एक सेकेण्डमा डाउनलोड गर्न सकिनेछ ।
फाइभ जी नेटवर्कको विकाशमा काम गरिरहेको कम्पनी एरिक्सन रिसर्चका प्रमुख सारा मजूरका अनुसार फाइभ जी नेटवर्कले संचार सेवाको बढ्दो मागलाई सम्बोधन गर्नेछ ।
विश्वमा सन् २०२० सम्ममा ५० अरब देखि १ खर्ब डिभाइस इन्टरनेटमा जोडिएका हुनेछन् ।
फरक फरक फ्रिक्वेन्सी ब्याण्डमा प्रयोग गरिरहेका इन्टरनेट नेटवर्कले यी डिभाइसको माग पूरा गर्नुपर्नेछ ।
सामसुङले सन् २०१८ सम्ममा दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलका लागि अस्थायी रुपमा फाइभ जी नेटवर्कको परीक्षण गर्ने योजना बनाएको छ ।

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide