,

संसारकै पातलो स्मार्टफोन – Gionee Elife S5.1

नेपालको स्मार्टफोनको बजारमा फेरि अर्को एक धमकेदार स्मार्टफोन कम्पनीको प्रवेश भएको छ । ३ महिना अघि नेपाली बजारमा बिक्री शुभारम्भ गरेको जियोनीले ससारकै पातलो समार्टफोनहरु उत्पादन र बिक्री गरिरहेको छ । नेपालमा आएको २ महिनामा नै २० हजार मोवाइल सेट बिक्री गरिसकेको दाबी गर्ने जियोनीको आधिकारिक बिक्रेता टेलिटक प्रा.लिले केहि दिनअघि सबैभन्दा पातलो स्मार्टफोन जियोनी इलाइफ एस ५.१ र लामो समय ब्याट्री टिक्ने स्मार्टफोन एम थ्री म्याराथुन नेपाली बजारमा बिक्री सुरु गरेको छ । यहा जियोनी इलाइफ एस ५.१ को छोटो जानकारी प्रस्तुत गर्दछौ ।



सुपर स्लिमेस्ट (डिस्प्ले)

यसलाइ कम्पनीले संसारकै पातलो समार्टफोनको रुपमा प्रचार गरेको छ । यो ४.८ इन्चको एमोलेड डिस्प्ले मार्फत उपभोत्ताले अत्याधिक चम्किलो रंङहरुको अनुभव गर्न सक्नेछन । यो १.८ एमएम साघुरो रहेको छ । यो स्मार्टफोन निक्कै स्टाइलिस र अनौठौ ढंगले डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ । ७२० x १२८० पिक्सलको एमओएलएडी डिस्प्ले रहेको यस स्मार्टफोनको डाइमेनसन १३९.८० x ६७.८० x ५.१५ को रहेको छ भने तौल ९७ ग्राम मात्र रहेको छ ।

सफ्टवेयर

यो स्मार्टफोनमा एन्ड्रोइडको ४.३ भर्सनको अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । अहिले बजारमा आइरहेका स्मार्टफोनहरु किटक्याट र ललिपप भर्सनमा आउन थालिसकेको भएपनि यो स्मार्टफोन ४.३ भर्सनमा नै रहेको छ । तर यसलाइ किटक्याट भर्सनमा अपडेट गर्न सकिनेछ । यसले जाभा, एचटिएमएल सपोर्ट गरेपनि फ्लास ब्राउजरले सपोर्ट गर्दैन ।
हार्डवेयर

यसमा मिडियाटेकको १.७ गिगाहर्जको अक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ । यसर्थ प्रोसेसर स्ट्रोङ छ भन्न सकिन्छ । १ जिबीको र्याम रहेको यसमा आन्तरिक स्टोरेज १६ जिबीको रहेको छ भने ६४ जिबीसम्म एक्स्पाण्ड गर्न सकिन्छ ।

क्यामरा

यसको रियर क्यामरा ८ मेगाक्सिलको रहेको छ भने फ्रन्ट क्यामरा ५ मेगापिक्सल रहेको छ । फ्लासको प्रयोग गर्न सकिन्छ । क्यामरा मध्यम खालको रहेको छ ।

ब्याट्री

इलाइफ एस ५.१ को  ब्याट्री लाइफ राम्रो नै रहेको छ । हुन त २१०० एमएच ब्याट्री खासै राम्रो मानिदैन तर यसको ब्याट्री लाइफ राम्रै रहेको कम्पनीले दाबी गरेको छ ।

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide