,

कस्तो अचम्मको रोग ! नाचे पछि ठिक हुने


यदी तपाईलाई कुनै रोग लागेको छ भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि तपाई अस्पतालमा गई औषधी खानुहुन्छ । तर एक ६२ वर्षीय जीन स्टोरलाई न कुनै औषधीले असर गर्छ न कुनै उपाय,,, उनको यो रोग त ठिक हुन्छ मात्र नाचेर । यो समाचार पढ्दा तपाईलाई सायद आश्चर्य र हाँसो लाग्न सक्छ, तर वास्तवमा यही नै सत्य हो ।
उनको खुट्टा दुख्ने समस्या छ, जुन नाच्दा मात्र थाम्ने गर्छ । जब खुट्टामा पीडा उत्पन्न हुन्छ, तब उनी केहीबेर नाच्न सुरु गरी दौडने गर्छिन् । यो प्रक्रिया तब सम्म गर्छिन्, जबसम्म उनको त्यो पीडा कम हुँदैन ।
यस्तो समस्याले उनी बजारमा पनि नाच्न बाध्य भएकि छिन्, त्यही कारणले उनी अहिले घरबाट निस्कन पनि छोडिदिएकि छिन् । त्यही कारणले उनलाई सायद मानिसहरुले पागल पनि सम्झन्छन् तर कसैलाई थाहा छैन कि जीनको यो मजबुरी हो । उनको यो समस्या १८ वर्षमा उत्पन्न भएको हो । अहिले भने यही समस्याका साथमा उनी बाच्न बाध्य भएकि छिन् ।

0 comments

Readers Comments

Find Us On Facebook

Google+ Followers

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide