Technology News,
अव छिट्टै प्रतिदिन १० रुपैयामा ईन्टरनेट सेवा उपलब्ध
Posted by Bijay Kuikel
Published on Monday, June 10, 2013

पोखराको नजिकैको गाँउ हेमजादेखि लेखनाथको तालचोकसम्मको क्षेत्रलाई लक्षित गरी हाल अत्याधुनिक प्रविधि सहित पोखराका विभिन्न ठाँउमा १८ वटा टावर जडान भईसकेको प्रालिका संरक्षक केशवप्रसाद अधिकारीले बताए । अतिनै कम शुल्कमा सेवा दिने उद्धेश्यले प्रालिले एक दिनको प्याकेज सहित १० रुपैयामा प्रतिदिन ईन्टरनेट सेवा दिने भएको संरक्षक अधिकारीले बताए । यो प्याकेजमा कम्तिमा एक महिनाको लागि ईन्टरनेट सेवा लिनुपर्दछ भने वेलुका ६ बजेदेखि विहान ६ बजेसम्मको लागि मात्र लागु हुने छ ।
ईन्टरनेटको माध्यमबाट जीपएस भेईकल ट्रयाकिङ सिस्टम र आईपि क्यामरा सिस्टम प्रयोग गर्न मिल्ने प्रविधि जडान गर्न सकिने प्रालिले जनाएको छ । प्रालिले उक्त सेवा शुभारम्भको एक महिना सम्म उक्त नेट जडानमा ५० प्रतिशत छुट दिने तथा ईन्टरनेट सेवामा १५ दिनसम्म निशुल्क सेवा दिने प्रालिका अध्यक्ष माधव गौतमले बताए ।
उक्त ईटरनेट जडानमा ५० प्रतिशत छुट सहित ५ हजारमा जडान गर्न सकिने भएको अध्यक्ष गौतमले बताए । समान्य घरहरुमा भने वारलेस ईन्टरनेट सेवा संचालन हुने प्रालिका अध्यक्ष गौतमले बताए ।

0 comments
Readers Comments