,

तमुवानको उच्च भूमिमा हेलिकप्टर चढेर छेकम्पार पुग्यो डोजर

राजेन्द्र न्यौपाने, गोरखा, २५ भदौ । तमुवान राज्य अन्तर्गत गोरखाको सुदुर उत्तरमा रहेको छेकम्पारमा विकास निर्माणको कामका लागि आज हेलिकप्टरबाट डोजर लगिएको छ । हेलिकप्टर चढेर डोजर छेकम्पार पुगेसँगै यहाँ विकासको ढोका खुलेको स्थानीयले बताएका छन् । गोरखा एप्रोप्रियटका प्रोपाईटर उत्तम भट्टले नेपाली सेनाको एन.ए.०३८ हेलिकप्टरबाट डोजर झुण्डाएर छेकम्पार पुर्याएका हुन् ।

छेकम्पारबाट तिब्बत जोड्ने र तल्लो क्षेत्रमा सडक निर्माण गर्नको लागि डोजर लगिएको हो । गाउँमा डोजर आएपछि यहाँका बासिन्दाहरु खुशि भएका छन् । डोजरसँगै , अपरेटर, डिजेल लगायतका आवश्यक सामग्री पनि लगिएको छ । सेनाको हेलिकप्टरले तीन पटक गरेर समान ओसारेको थियो ।

सडक निर्माणका लागि दुई करोड विनियोजन भएको यस क्षेत्रमा भोलिबाटै काम शुरु हुने भट्ट जानकारी दिए । छेकम्पारबाट तिब्बतको सिमाना ङ्याला भञ्ज्याङ सम्म बाटो खन्ने काम शुरु गरिने उनले बताए । बाटो अभावका कारण यहाँका मानिसहरुलाई सिमाना पुग्न र दैनिक उपभोग्य सामग्री खरिद गर्न समस्या पर्दै आएको थियो ।

गाउँमा डोजर आईपुगेपछि बाटो बन्ने आशामा गाउँलेहरु खुशि भएका शिक्षक समेत रहेका स्थानीय घ्युर्मे दावा लामाले बताए । जेसिभी डोजर जिल्लाको थुमी स्थित आर्खेत पुतली बजारबाट छेकम्पार लगिएको हो ।

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide