,

लोडसेडिङ बढ्यो, भोलिबाट दैनिक ७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)





काठमाडौं, भाद्र २९ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधी बढाएको छ । प्राधिकरणले आइतबार (भोलि)बाट लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

यसअघि सातामा २७ घण्टासम्म विद्युत कटौति गर्दै आएको प्राधिकरणले आइतबारबाट सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक ७ घण्टासम्म लोडसेडिङ हुनेछ ।

प्राधिकरणले कुशैया–कटैया १३२ केभी प्रशारण लाईनको कन्डक्टर बदली कार्य तथा नदीमा पानीको बहाव कम भएको जनाउँदै लोडसेडिङ बढाउनु परेको तर्क गरेको छ । प्राधिकरणका अनुसार आइतबारबाट सातामा ४ दिन ७ घण्टा, दुई दिन ६ घण्टा र एक दिन सातामा साढें ६ घण्टा लोडसेडिङ हुनेछ ।
 




0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide