,

जाजरकोटमा लुकाइएको हतियार फेला

नेपालगन्ज, भाद्र ३० - जाजरकोट सदरमुकामसँग जोडिएको रानीवन जंगलबाट प्रहरीले ठूलो मात्रामा माओवादी 'जनयुद्ध'मा प्रयोग भएका हतियारहरु बरामद गरेको छ ।

खलंगा-८ स्थित जंगलबाट आइतवार बिहान २ बजे ४४ थान थ्री नट थ्री राइफल र एउटा टु इन्च मोर्टार बरामद गरिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी राजेन्द्रसिंह भण्डारीले बताए । ती हतियारहरु जंगलको बिचमा बोरामा लुकाइएको अबस्थामा बरामद भएको हो ।

थ्री नट थ्री राइफल माओवादी 'जनयुद्ध'मा प्रहरीबाट र मोर्टार सेनाबाट लुटिएको हुनसक्ने डिआईजी भण्डारीले बताए । 'एक ठाउँबाट अर्को ठाउँमा लैजान बोरामा राखिएको अवस्थामा बरामद भएको हो,' उनले भने,-'ती हतियार कतै तालिमका लागि लैजान थालिएको जानकारी प्राप्त भएपछि प्रहरीले सर्च अप्रेशन गरेर पत्ता लगाएको हो ।






0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide