,

पत्ता लाग्यो सबैभन्दा कडा पदार्थ : हिराभन्दा तेब्बर

वैज्ञानिकहरुले पृथ्वीमा रहेका मध्ये अहिलेसम्मकै सबैभन्दा कडा पदार्थ फेला पारेका छन् । उनीहरुका अनुसार कार्बाइन नामक उक्त पदार्थ हिरा तथा ग्रेफिन भन्दा निकै कडा छ र पृथ्वीमा भएका पदार्थहरुमध्ये अहिलेसम्मकै सबैभन्दा कडा पदार्थ हो । शोधकर्ताहरुका अनुसार यो कार्बाइन नामक पदार्थमा केही विशेष असाधारण गुण छन् । अमेरिकाको टेक्सासस्थित राइस विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यो कार्बाइन पदार्थ खासमा कार्वन परमाणुहरुको एक श्रृंखला हो जसमा कार्वनका परमाणुहरु एक अर्कोमा दुइ वा तिन वटा रासायनिक बण्ड मार्फ जोडिएका हुन्छन् ।

पृथ्वीमा रहेका पदार्थहरुमध्ये ग्राफिनलाई अहिलेसम्म सबैभन्दा कडा पदार्थको रुपमा मानिएको थियो । यसमा समानान्तर कार्वन परमाणुहरुको श्रृंखला हुन्छ । निकै कडा भएकाले यसलाई सुपर मेटेरियल भन्ने गरिएको छ । तर काबाइन ग्राफिन भन्दा दोब्बर मजबूत रहेको शोधकर्ताहरु बताउँछन् ।

वैज्ञानिकहरुले यसभन्दा पहिले नै पत्ता लगाएका थिए की ग्रेफिनको एक पातलो पत्रलाई तोड्नका लागि पेन्सिलको टुप्पोजत्रो तिखो वस्तुमा समेत एक हात्तिको वजन बराबरको बल लगाउनु पथ्र्योँ । तर कार्बाइनको पत्र तोड्नलाई त्यसको दोब्बर बल लगाउनु पर्छ । कार्बाइन हिरा भन्दा तेब्बर कठोर हुने बताइएको छ ।

शोधकर्ताहरुका अनुसार कार्बाइनलाई चुम्बकीय सुपरकण्डक्टरमा बदल्न सकिन्छ । यसभन्दा पहिले पनि केही वैज्ञानिकहरुले प्रयोगशालामा कार्वाइन बनाउन सफलता प्राप्त गरेका भएपनि उक्त पदार्थको प्रकृति निकै अस्थिर थियो । शोधकर्ताहरुका अनुसार चाप तथा दबाबको स्थितिमा कार्बाइन स्थिर रहन्छ । तथापि यसको ठूलो परिमाणमा उत्पादन गर्न सकिने कुरामा भने आशंका छ ।



0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide