एनेकपा माओवादीका उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी

दीपक परियार
६ काठमाण्डौं, पोखरा । पोखरामा एनेकपा माओवादीका उम्मेदवारले चुनावी प्रसारका लागि प्रयोग गरेको गाडीमा आगजनी भएको छ । कास्कीको निर्वाचन क्षेत्र नं.१ मा पौडेलले प्रयोग गरेको ग १ च ५१४३ नम्बरको बोलेरो जिपमाथि आज अज्ञात समुहले आगजनि गरेको हो ।

चुनाव प्रचारप्रसारको क्रममा सिद्ध गाविस पुग्नुभएका उम्मदेवार पौडेलले प्रयोग गर्नुभएको उक्त जिपलाई अज्ञात समुहले विहान करिब सवा ४ बजे आगजनी गरेको थियो । कास्कीको पुर्वी गाविस सिद्धको वडा न.६ स्थित निवुवास्वाँरामा पार्किङ गरेर राखेको जिप आगजनिबाट ध्वस्त भएको छ । जिप सहित प्रचार सामग्रीहरु समेत ध्वस्त भएका छन् ।

बास बसेको ठाउँबाट विहान चार बजे उठेर नित्यकर्म गर्न जाने बेलाको छोटो समयमा जिपमाथि आगजनी भएको उम्मेदवार विष्णु पौडेलले बताउनुभयो । आगजनि गर्नेहरुले केही प्रचार सामग्री लुटपाटसमेत गरेको पौडेलले बताउनुभयो ।


0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide