,

यस्ता छन् वैद्यका गोप्य योजना

संविधानसभा निर्वाचन असफल बनाउन नेकपा–माओवादीले मोवाइल टावर भत्काउनेदेखि प्रहरीको हतियार खोस्नेसम्मको योजना बनाएको सूचना गृह मन्त्रालयले पाएको आजको नयाँ पत्रिकामा खबर छ । दुई साताअघि दाङमा बसेको माओवादी बैठकले यस्तो नीति बनाएको भन्दै गृहले सुरक्षा रणनीति सर्कुलर गरेको छ ।

गृह मन्त्रालयले संकलन गरेको गोप्य सूचनाअनुसार माओवादीको दाङ बैठकले ४ मंसिरमा हुने निर्वाचनलाई जीवनमरणको लडाइँ बनाएको छ ।

सबै कदम चालेर निर्वाचनलाई असफल बनाउन खोजेको भन्दै गृहले माओवादीका शीर्ष नेतालाई निगरानीमा राखेको छ । उनीहरुका चुनावविरोधी गतिविधि निस्तेज पार्न सुरक्षा निकायलाई सर्कुलर गरिसकेको छ ।

गृहले गरेको सर्कुलरमा मोवाइल टावर हान्ने तथा प्रहरीका हतियार खोस्ने जस्ता माओवादी रणनीतिउपर सचेत रहन भनिएको छ । टेलिफोन टावर तोडफोड गर्दा संचार बिच्छेद हुने र चुनाव भाँडन सजिलो हुने नीति माओवादीले बनाएको गृह स्रोतको दाबी छ ।

गृहको सर्कुलरमा बैद्य माओवादीले जनबिद्रोहको लागि वातावरण बन्दै गएको उल्लेख गर्दै बिस्तारै अर्थभुमिगत हुने ,त्यसपछि हतियार प्रयोग गर्ने र त्यसपछि पुर्ण रुपमा भुमिगत हुने रणनीति माओवादीले लिएको कुरा उल्लेख छ ।

चुनाव भाड्न सम्पूर्ण शक्ति खर्च गर्ने निर्णय भएको सूचनाका आधारमा वैद्य माओवादीका हरेक क्रियाकलापमा सुरक्षा निकायले विशेष निगरानी बढाएको छ ।


0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide