,

हार्ने डरले परिचयपत्र कब्जा गर्ने एमाओवादीको रणनीति

नेपालस्थित कुटनीतिक नियोगका अधिकारीहरुले एमाओवादीले जसरी पनि चुनाव जित्न निर्वाचन आयोगद्धारा वितरण गर्न लागिएका मतदाता परिचय पत्र नै कब्जा गर्ने रणनीति बनाएको आशंका गरेका छन् । उनीहरुले निर्वाचनमा सहभागी दलका रणनीति र सूचना संकलन तथा विश्लेषण गर्नेक्रम एमाओवादीले हार्ने क्षेत्रमा जसरी पनि जित्न परिचयपत्र कब्जामा लिने रणनीति अपनाएको सूचना प्राप्त भएको बताएका छन् ।

‘अन्य दलहरुले सामान्य अवस्था तथा यसअघिको रणनीतिलाई नै अघि बढाएको पाइएको छ। तर एमाओवादीले भने नतिजा आफ्नो पक्षमा पार्न सबै उपाय अपनाउन कार्यकर्तालाई दिएको निर्देशनले उक्त शंका गर्ने आधार बनेको छ,’ कुटनीतिक स्रोतलाई उदृत गर्दै आजको अन्नपूर्ण पोस्टमा खबर छ । ‘खासगरी पछिल्लो चरणमा एमाओवादीले आफ्नो पक्षमा मत नआउने क्षेत्रमा मतदाता परिचय पत्र कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिएको सूचना कूटनीतिक क्षेत्रलाई प्राप्त भएको छ ।


0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide