,

३३ दलको बन्दले देशभरको जनजीवन प्रभावित

२५ कात्तिक, काठमाण्डौं । नेकपा-माओवादीसहित विभिन्न ३३ दलले गरेको आमह्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।  ३३ दलमै सहभागीहरु बन्द आह्वान गर्दै विहानैदेखि सडकमा उपस्थित भएर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै हिँडिरहेका छन् ।
यस अघि सरकारले बन्दको क्रममा भएको क्षतिको क्षतिपूर्ति दिने भन्दै सवारी सञ्चालन गर्न आह्वान गरेको भए पनि सार्वजनिक सवारीका साधन सञ्चालनमा आएका छैनन् ।
बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा सतर्कता अपनाएको छ । प्रहरी तथा नेपाली सेनाले विहानैदेखि सुरक्षा दिइरहेका छन् । सडकहरुमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी रहेका छन् । बन्द गराउँदै हिँड्ने २ दर्जन बन्द कर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide