,

झुट पत्ता लगाउने मेसिन ल्याउँदै प्रहरी

२५ कात्तिक, काठमाण्डौं । नेपाल प्रहरीले अभियुक्तले बयान ढाँटेमा पत्ता लगाउने मेसिन ल्याउने भएको छ । सातवटा पोलिग्राफ मेसिन ल्याएर प्रहरीले अपराध अनुसन्धानलाई आधुनिक बनाउन लागेको हो ।

अमेरिकी सहयोगमा पाँच र दुई प्रहरीकै बजेट गरी सातवटा पोलिग्राम मेसिन ल्याउन लागेको प्रहरीले जनाएको छ । करिब एक महिनापछि सातवटा पोलिग्राफ मेसिन आइपुग्ने प्रहरी प्रवत्ता एसएसपी गणेश केसीले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ । पोलिग्राफ मेसिन चलाउन अमेरिकाले नै प्रहरी अधिकारीहरुलाई तालिम दिन थालिसकेको छ । नेपालमा प्रहरीले पहिलो पटक पोलिग्राफ मेसिन भित्र्याउन लागेको हो ।


0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide