,

खोजको नयाँ स्वरुप – सोधपुछ डटकम (sodhpuch.com)

काठमाण्डौ शहरमा कतै तपाई नयाँ हुनुहुन्छ, मानौ न्युरोडको कुनै पसलमा कम्प्युटररल्यापटप वा स्मार्टफोन किन्न जादैँ हुनुहुन्छ तर ठेगाना थाहा छैन १ अब तपाइ वरपरका मानिसलाइ सोध्नुहुन्छ होला, सबैजना व्यस्त छन्, तपाईलाई देखाउदै हिँड्ने फुसर्द छैन वा उनिहरुलाई पनि थाहा छैन । तब के गर्ने ? प्राय सबैलाइ धेरैपटक यस्ता समस्याहरु पर्न सक्छ । यति बाक्लो बस्ती र घरघरमा सबैको लोकेशन थाहा हुदैन । यो तपाइ हामीले भोगिरहेको समस्या नै हो ।

अब यी समस्याहरुबाट पनि छुटकारा पाउने दिनहरु आइरहेका छन । कसरी भन्नुहोला ? कुरा उहि हो, सोधपुछ गर्ने । तर फरक तरिकाले । तपाइसँग हातमा फोन छ भने टोल फ्रि नम्बरमा डायल गर्न सक्नुहुन्छ अनि इन्टरनेटमा हुनुुहुन्छ भने वेबसाइटमा सर्च गर्नसक्नुहुन्छ । भिडभाडमा हुनुहुन्छ र फोन वा इन्टरनेटमा बस्न गाह्रो भएमा एक एसएमएस पनि गर्न सक्नुहुनेछ । जसले तपाईले खोजेको ठाउँ, अफिस, व्यवसायमात्रै नभएर खाजा खाने स्थानदेखि बैंक र कर्पोरेट अफिस समेत पत्ता लाग्नेछ ।

जति साँघुरिएको खोज हुन्छ त्यती नै संभावना चाहिएको नतिजा प्राप्त गर्ने हुन्छ । खोजको सिमानालाई साँघुर्याएर स्थानीय व्यापार तथा व्यवसायमा वाँधेको छ सोधपुछले । sodhpuchh.com एउटा यस्तो अनलाईन सेवा हो, जसले कुनैपनि स्थानीय व्यापार अथवा व्यवसायको बारेमा जानकारी दिन्छ । साँघुर्याएर बिजनेश मात्रको कन्सेप्टमा ल्याइएको यो सेवामा विविधता भने चाहिए जति छ । सम्पूर्ण व्यापार व्यवसाय, ठूल्ठूला कर्पोरेट बिजनेशदेखि लिएर साना तथा मझौला उद्योग, रिटेलर, चिया पसलमात्र नभएर स्वतन्त्र व्यवसायीहरु जस्तै  Electrician, Carpenter, Plumber आदि पनि सोधपुछले समेटेको छ । ६०० क्याटेगोरिज भित्रका लगभग ४० हजार व्यवसाय हाल सोधपुछमा समावेश छन्,  जस मध्ये काठमाण्डौ उपत्यका व्यवसाय ज्यादा छन् । अहिले प्रमुख शहर जस्तै विराटनगर, पोखरा, नेपालगन्ज , बिरगञ्ज आदिको तथ्यांक संकलन गर्ने र दर्ता गर्ने काम भइरहेको छ ।
प्रयोगकर्ताहरुलाई विशेषत तिन माध्यमबाट सोधपुछले सेवा दिइरहेको छ :
खोज (वेभसाईट), एसएमएस र टोल फ्री ।

१.खोज –  चाहिएको सेवा तथा व्यवसायको जानकरी लिनका लागि sodhpuch.com मा जान सकिन्छ । त्यहाँ सेवा चाहिएको स्थान र आफुलाई चाहिएको व्यवसाय र सेवाको नाम अथवा category अथवा व्यवसायले दिने सेवा (What that business deals with) राखेर खोज गर्न सकिन्छ र त्यही अनुसारको नतिजा पाउन सकिन्छ ।
जस्तै: नयाँ बानेश्वरमा रेष्टुरेन्ट चाहिएको छ, म:म: खानलाई भने keyword मा momo र Address मा New Baneshwor – Kathmandu हालेर खोज्न सकिन्छ ।

Search field auto populationको सुविधाले खोज कार्य अझ सहज तथा सटिक भएको छ । त्यसैगरि search suggestion ले यदि चाहिएको स्थानमा खोजिएको सेवा प्राप्त नभए खोजि गरेको सेवा अथवा व्यवसाय भएको स्थानहरु suggest गर्छ र आफूलाई पायक पर्ने कुनै स्थानको सेवाको जानकारी लिन सकिन्छ । Exact keyword नभए मिल्ने keyword हरुको suggestion पनि सोधपुछले प्रदान गर्छ ।

२.एसएमएस –  खोज बाट list भएको व्यवसायहरुको जानकारी आफ्नो मोबाइलमा एसएमएसको रुपमा send गर्न सकिन्छ । अझ विस्तृत जानकारी चाहिएमा सो व्यवसायको detail पेजमा गएर हेर्न सकिन्छ । यदि मोबाइल user हो भने मोबाइल browser बाट सिधा व्यवसायलाई फोन गरेर पनि सोधपुछ गर्न सकिन्छ ।

३.टोल फ्री– यदि तपाईसंग इन्टरनेटको सुविधा छैन भने तपाई सोधपुछको टोल फ्री न: 16600 197 197 मा फोन गरेर आफुलाई चाहिएको व्यवसायको जानकारी लिन सक्नुहुन्छ । जानकारी फोनमै अथवा एसएमएस मार्फत प्राप्त गर्न सकिन्छ ।

कम्पनी तथा व्यवसायी आफँै कसरी समावेश हुने ?

सोधपुछमा आफुलाई २ तरिकाबाट समावेश गराउन सकिन्छ । यदि तपाईको कुनै व्यापार तथा व्यवसाय छ भने तपाइ आफ्नो व्यवसायको profile बनाउन सक्नुहुन्छ ।  ‘Register Your Business’  मा गएर दिइएको निर्देशन follow गरेर आफ्नो व्यवसायिक profile बनाएपछि register गरेको मोबाइल तथा ई–मेलमा Activation code प्राप्त गर्नुहुन्छ, जुन प्रयोग गरेर आफ्नो व्यवसाय claim गर्न सक्नुहुन्छ । आफ्नो profile मा के के देखाउने आफैले manage गर्न सकिन्छ । profile मा द्Business Details, Primary Contact Address, Branch Address, Deals In , Working Hours, Logo, Cover Photo, Photo Gallery, Discount Offer, Team Member, specialties आदि राख्न सकिन्छ । जसमध्ये केहि जस्तै Primary Contact, Deals In आदि अनिवार्य छन ।

व्यप्तिगत जानकारी पनि राख्न सकिन्छ ?
यदि तपाई आफ्नो professional Profile अर्थात् Individual Profile बनाउन चाहनुहुन्छ भने individual signup मा गएर दिएको निर्देशन ाfollow गर्न सक्नुहुन्छ । कुनै पनि व्यवसायलाई recommend, review गर्न तथा व्यवसायको जानकारी आफ्नो मोबाइलमा send गर्न तपाईको individual profile (अथवा business profile) हुनै पर्छ ।

व्यवसायको वा अफरको रिभ्यु कसरी दिने ?
सोधपुछको business profile review section मा गएर उक्त व्यवसायको सेवा तथा सुविधा मन परे नपरेको  टिप्पणी गर्न सकिन्छ । review बाट व्यवसायीले आफ्नो व्यवसायको राम्रो तथा नराम्रो पक्ष थाहा पाउनेछन् जसले उनीहरुलाई व्यवसाय improve गर्न मद्दत पुग्छ । Individual User ले कुनै पनि review हेरर त्यो सेवा प्रदायकबाट सेवा लिने नलिने निर्णय गर्न सक्छन ।

पहिलो रिलिजमा दिइएको यो सेवा सुविधालाई अझ गुणस्तरिय बनाउने तथा अझ सेवा थप्दै जाने जानकारी सोधपुछले दिएको छ । Professional profile लाई अझ सुधार गर्ने कार्य भईरहेको छ र चाडै प्रयोगकर्ताले Professional िलई छुट्टै search गर्न पाउनेछन् भने Professional profile हुनेहरुले आफ्नो बारेमा अझ बढि जानकारी राख्न सक्छन । यसैगरि अन्य सेक्शनजस्तै business article, interview, blog, social initiatives आदि पनि चाँडै प्रयोगकर्तामाझ ल्याउने जानकारी सोधपुछले दिएको छ जसबाट आम मानिसहरुलाई पनि व्यवसाय सुरुवातको बारेमा जानकारी पाउन सहज हुनेछ । तथ्यांक संकलनमा सयजनाभन्दा बढि व्यत्तिहरु परिचालन भएका छन । सबैक्षेत्रका सम्पुर्ण तथ्यांकहरु उपलब्ध गराउन सोधपुछ लागिरहेको छ । अहिलेसम्म ४० हजार व्यवसायहरु यसमा समावेश भइसकेपनि धेरै छुटिरहेका हुनसक्छन ।
एष्अछ

अब प्राय सबैको हातमा स्मार्टफोन छ, तर सबैस्थानमा इन्टरनेट उपलब्ध नहुन सक्छ । यसको लागि गुगल प्लेबाट सोधपुछको मोवाइल एप्लिकेशन पनि डाउनलोड गर्न सकिन्छ ।

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide