,

Trakmandu, For Traking Kathmandu

प्रोजेक्टको नाम : ट्रयाकमाण्डु
टिमको नाम : योरबिट टेक्नोलोजिज
टिम मेम्बरहरु : चन्दन गुप्ता र प्रज्ज्वल रिमाल

शहरबासीले सबैभन्दा बढी सास्ती कहाँ भोग्छन् ? तपाईको स्वभाविक उत्तर हुनेछ, यातायात । राजधानी काठमाडौंको अव्यवस्थित सवारी साधानका कारण हैरानी नभोग्ने मानिस को पो नहोला र  ! तपाईलाई टाइममै गन्तव्य पुग्नुपर्ने भएपनि गाडी भनेको बेला आउँदैन । अझ कार्यलय समयमा विद्यार्थी, जब होल्डर र बिजनेशम्यानहरु हतार हतारमा गाडीको पर्खाइमा हुन्छन् । तर ट्राफिक जाम वा विविध कारण गाडी निकै ढिलो आइपुग्छ । प्रत्यकले भोगिरहनुपर्ने यो समस्या कम गर्न किन केही नगर्ने भन्ने सोचाइले नै ट्रयाकमाण्डु जन्मियो । सुरूमा चार जना यूवा चन्दन गुप्ता, प्रज्वल रिमाल, प्रकाश अर्याल र ठाकुर न्यौपानेले सफ्टवेयर र हार्डवेयरको कोलाब्रेसन गरि यो प्रविधि बनाएका हुन् । अहिले योरबिट टेक्नोलोजी कम्पनीमार्फत ट्र्याकमाण्डु प्रोजेक्ट सञ्चालन भइरहेको छ ।
ट्रयाकमाण्डुले कसरी काम गर्छ ?
हामीलाई थाहा छ, ट्रयाकिङ भनेको जुनसुकै समस्याको प्राथमिक समाधान हो । यातायातको सन्दर्भमा सवारीसाधनलाई ट्रयाक गर्न सकियो भने ट्रान्सपोर्टेशनक अधिकांश समस्या कम हुन्छ । ९ महिनासम्मको मेहेनतपछि विकास गरिएको ट्र्याकमाण्डुले शहरका गाडी र यात्रीलाई व्यवस्थित गर्ने उद्धेश्य लिएको छ । सिस्टममा हार्डवेयर कनेक्ट गराउनासाथ ट्र्याकमाण्डुको सर्भरले सूचना प्राप्त गर्छ र त्यसलाई म्यापमा देखाउँछ । यस्तो हार्डवेयर सार्वजनिक यातायातमा मात्रै होइन निजी गाडी र मोटरसाइकलमा पनि जडान गर्न सकिनेछ । सिग्रेटको बट्टा साइजमा रहेको उक्त हार्डवेयरका कारण ट्रयाकमाण्डुको सर्भरमा सूचना सेयर हुन्छ । यसरी सवारी साधनमा जडान गरिएको हार्डवेयरको मद्धतले सुचना लिन स्मार्टफोनमा एन्ड्रोइड एप्स ट्र्याकमाण्डु डाउनलोड गर्नुपर्नेछ । वा, स्मार्टफोन प्रयोग नगर्नेहरुले पनि ट्र्याकमाण्डुको यो सेवा लिन सक्नेछन् । यसका लागि बस स्टपहरुमा पब्लिक डिस्प्ले बोर्ड राखिनेछ । यसर्थ: यात्रुहरुले मोबाइल वा बसस्टपमा रहेको डिस्प्ले बोर्डबाट आफ्नो गन्तव्यको बस कहाँ आइपुगेको छ, हेरेर थाहा पाउन सक्नेछन् ।
ट्र्याकमाण्डु किन प्रयोग गर्ने ?
माथि उल्लेख गरिए झैं शहरीकरणले निम्ताएको मुख्य चुनौती यातायात व्यवस्थापन नै हो । यो सिस्टमले पब्लिक गाडीको मात्रै जानकारी दिदैन । प्राइभेट गाडी र मोटरसाइकलको सूचना पाउन सकिने गरी पनि सिस्टम डिजाइन गरिएको छ । गाडीमा हुने हरेक दुरुपयोगलाई सजिलै ट्रयाकमा ल्याउन पनि सिस्टम योग्य रहने चन्दन बताउँछन् । अब आफ्ना बच्चालाई सही समयमा स्कुल गाडीमा ड्रप गर्न ट्र्याकमान्डु पहिलो विकल्प बन्नेछ । स्कुल गाडी आउने समय मोबाइलबाटै थाहा पाइन्छ । पब्लिक गाडीको प्रतीक्षामा पनि आफूले चढ्न खोजेको गाडी कहाँ आउँदैछ भनेर थाहा पाउन यही एप्स पर्याप्त हुन्छ । प्राइभेट गाडीमा समेत सिस्टम जोडिने हुनाले अब तपाईलाई फजुल समय खर्चेर गाडी वा आफन्त कुरिरहनु पर्दैन । ट्र्याकमाण्डुले नै यस्ता समस्याहरुको ट्रयाकिङ गरिदिनेछ भने तपाईको व्यवस्थित र सुरक्षित यात्रा गर्ने सपनामा सहयोगी बन्नेछ । यसले यात्रु, गाडी र गाडी मालिक सबैलाई सुरक्षित यात्राको बानी बसाल्ने र दुरुपयोगबाट बचाउने विश्वास लिइएको छ ।
कहिले आउँदैछ बजारमा ?
ट्रयाकमाण्डु एप्सका लागि फाइनल हार्डवेयर तयारी अवस्थामा छ । हार्डवेयरले क्वालिटी टेस्ट गर्ने बित्तिकै एप बजारमा आउनेछ । संभवत: यही महिनाको अन्तिम साताबाट बजारमा ल्याइनेछ ।
विश्व शहर सम्मेलनमा ट्रयाकमाण्डु
ट्रयाकमाण्डुले गत जुन १ देखि ४ सम्म सिंगापुरमा आयोजना भएको विश्व शहर सम्मेलनमा सहभागिता जनाएको थियो । माइक्रोसफ्ट इनोभेसन सेन्टर(एमआइसी), नेपालले सञ्चालन गरेको सिटीएप अप्पाथन इभेन्टमा उत्कृष्ट भएपछि यो टिमलाई सिंगापुर जाने अवसर मिल्यो । त्यहाँ पनि सबैको आकर्षण केन्द्र ट्र्याकमाण्डु बनेको चन्दन सुनाउँछन् । ”सिंगापुरमा समेत यो प्रविधिको माग भयो । धेरै शहरका मेयरहरुले हाम्रो प्रयासलाई प्रशंसा गरे । माइक्रोसफ्टका अधिकारीहरुले यो प्रोजेक्ट तिम्रो देशमा प्रयोगमा आउन सकेन भने माइक्रोसफ्टको लोगो राखेर अन्य देशमा लञ्च गरिदिन्छौं भनेर आश्वासन समेत दिए । माइक्रोसफ्टको हस्पिटालिटी स्विटमा अरु ४ वटा प्रोजेक्टसँगै ट्रयाकमाण्डुलाई प्रदर्शन गरिएको थियो । जसबाट शहरको वास्तविक समस्या बुझ्यौं र, ट्र्याकमाण्डुको सिस्टम अझ सुधार्ने आइडिया पायौं्” उनी भन्छन् । नेपालमा पनि सरकारी अधिकारीहरुसँगको भेटमा सकारात्मक प्रतिक्रिया पाइरहेको उनले जानकारी दिए । हाल यो प्रोजेक्टलाई माइक्रोसफ्ट एसिया प्यासिफिक रिजन र एमआइसीले सहयोग गरिरहेका छन् ।

कलेजमा पढ्दै गरेका यी विद्यार्थीले भर्खरै कम्पनीमार्फत ट्र्याकमाण्डु प्रोजेक्ट सुरु गरेका छन् । अझैं हजारौं माइलको यात्रा बाँकी छ । नेपाल सरकारले प्रविधिमैत्री नीति ल्याएको र पछिल्लो बजेटमा पेमेन्ट गेटवेलाई पनि प्राथमिकतामा राखेकाले यो टिम पनि हौसिएको छ । काम गर्ने वातावरण मिलेको छ । क्यान, नास्ट, आइसिटी एशोसिएसन जस्ता संस्थाले सरकारलाई आइटी सिस्टम लागू गर्न दबाब दिनुपर्ने आवश्यकता पनि यिनीहरुले देखेका छन् । तर, आइटीमा काम गर्ने योरबिट जस्ता नयाँ स्टार्टअपका लागि मुख्य समस्या लोडसेडिङ बन्ने निश्चित छ । यी युवा चाँडोभन्दा चाँडो लोडसेडिङ समस्याको समाधान चाहिरहेका छन् र उत्कृष्ट इन्टरनेट कनेक्टिभिटीमा काम गर्दै ट्रयाकमाण्डुमार्फत काठमाण्डुको मुहार फेर्ने सपना देखिरहेका छन् । यी युवाको पहलकदमीलाई अब तपाई हामीले स्वीकार्ने बेला आएको छ र व्यवस्थित शहर निर्माणमा हातेमालो गर्ने उचित समय आएको छ ।

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide