,

पोखरामा पाचौ आइटी महोत्सव आयोजना हुदै

पोखरामा पाचौ आइटी महोत्सव आयोजना हुदैपोखरा स्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा यहि कार्तिक २८ र २९ गते पाचौ जिसिइएस आइटी महोत्सव २०१४ आयोजना हुन लागिरहेको छ । कलेजको संयोजकत्व तथा विद्यार्थीहरुको सकृयतामा हुन लागिरहेको उक्त महोत्सवमा आधा दर्जनबढि प्रतियोगिता तथा कार्यक्रम समावेश गरिएको छ ।

सफ्टवेर एक्स्पो, हार्डवेयर एक्स्पो, लिनक्स तथा फोस बुटक्याम्प, सफ्टवेयर कम्पिटिशन, पिसी गेमिङ जस्ता कार्यक्रमहरु महोत्सवमा रहने आयोजकले जानकारी गराएको छ ।
 पोखरामा पाचौ आइटी महोत्सव आयोजना हुदै नेपालमा सूचना प्रविधि क्षेत्रका जनचेतना जगाउने र आइटीको विकास विस्तारलाइ स्थानियस्तरबाट प्रवद्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न गइरहेको महोत्सव संयोजक ई. सुजन ताम्राकारले लिभिङ विथ आइसिटीलाइ जानकारी दिएका छन । उनले स्थानियस्तरका प्रतिभाशाली विद्यार्थीहरुको प्रतिभालाइ राष्ट्रियस्तरसम्म पुर्याउनको लागि कार्यक्रमले सहयोग पुग्ने बताए । गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स नेपालकै उत्कृष्ट सफ्टवेयर इन्जिनियरिङ पढाइ हुने कलेजमा पर्दछ । यस कलेजले वर्षेनी यस किसिमको आइटी महोत्सव आयोजना गर्दै आइरहेको छ ।
 पोखरामा पाचौ आइटी महोत्सव आयोजना हुदै दुइ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न अरु साइन्स तथा आइटी कलेजहरुको पनि सहभागिता रहने छ । प्लस टु र उच्च शिक्षाका विद्यार्थीहरुको लागि लक्षित यस कार्यक्रमले आइटी क्षेत्रका उद्योगी, आन्टरप्रिनर्स र स्टार्टअपलाइ पनि सहयोग गर्ने आयोजकले बताएको छ । विद्यार्थीहरुले तयार पारेका सफ्टवेयर, मोवाइल एप्लिकेशन, हार्डवेयरहरु समेत प्रदर्शनी उक्त महोत्सवमा हुनेछ ।

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide