,

नेपाल टेलिकमले इन्टरनेट सेवाको मूल्य २० प्रतिशतले घटाउने

नेपाल टेलिकमले इन्टरनेट सेवाको मूल्य २० प्रतिशतले घटाउने निर्णय गरेको छ | त्यसैगरी एडिएसएल इन्टरनेटको गति पनि बढाएको छ । उपभोक्ताले पाइरहेको गतिमा करिव ५० प्रतिशत बढाएर उही शुल्कमा सेवा दिइएको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए । घटाउने गरि तयार गरिएको नया मूल्य दुरसंचार प्रधिकरणलाइ पठाइएको र स्वीकृत भएपछि लागु गरिने उनले जानकारी दिए |

उपभोक्ता इन्टरनेट र मोबाइल डाटामा बढी आकर्षित हुन थालेपछि टेलिकमले आफ्नो बजार हिस्सा बढाउन सुविधा बढाएको हो।
टेलिकमले ल्याउन लागेको नयाँ योजना अनुसार अहिले एकसय ९२ केविपिएस चलाएका उपभोक्तलाई दुई सय ५६ र तीन सय ८४ केविपिएस गतिमा इन्टरनेट चलाइराखेका ग्राहकलाई पाँच सय ५६ केविपिएसको गतिमा इन्टरनेट चलाउन दिने तयारी गरेको छ ।

यसैगरी भोल्युम बेस्ड चलाउने ग्राहकले पनि महिनामा पाइराखेका तोकिएको डाटालाइ थपेर चलाउन दिने तयारी गरेको थियो । टेलिकमले इन्टरनेटको गति बढाए पनि महशुल दरमा भने कुनै हेरफेर नगर्ने जनाएको छ । टेलिकमले दिएको एडिएसएल इन्टरनेट सेवा महशुल शुल्क र इन्टरनेट गतिको आधारमा अरु इन्टरनेट र डाटा सेवा प्रदायक भन्दा सस्तो पर्न जान्छ । यसैगरी टेलिकमले कर्पोरेट प्रयोगकर्तालाई पनि छुट्टै महशुल दरमा सेवा दिने तयारी भइराखेको जनाएको छ । टेलिकमले यो आर्थिक वर्षमा ३२ हजार एडीएसएल ग्राहक थप्ने योजना बनाएको छ |
थप जानकारिका लागि तलको बाकसमा किल्क गर्नुहोला..

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide