,

यसरि भयो एटिएमबाट ५ करोड बढी रकमको ठगि



क्यासिनोमा जुवा खेल्ने कुलतमा फस्दा हुँदाखाँदाको हिमालयन बैंकको आर्कशक जागिर त गयो नै, २ वर्षसम्म भारतमा भागीभागी हिड्नुपर्‍यो अनिशभक्त सुवाललाई। तर, कति भाग्नु , आखिर २ वर्षसम्मको मुसा विरालोको खेलमा उनी प्रहरीको पञ्जामा परिहाले। महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा रहेका उनी अहिले बैंकका ग्राहकको पिन नम्बर चोरेर अनधिकृत रुपमा एटिएमबाट पैसा निकालेर ५ करोड ७५ लाख ठगी गरेको अभियोग खेपीरहेका छन्।
बैंकको कार्ड सिस्टममा काम गर्ने सुवालले विभिन्न ग्राहकको एटिएम कार्डको पिनकोर्ड चोरी गरी ५ करोड ७५ लाख रुपैयाँ निकालेर ठगी गरेको अभियोग लागेपछि उनी भागेर भारत पुगेका थिए। भारतको नयाँ दिल्लीमा बस्दै आएका उनले उतैबाट समेत कार्डबाट रुपैयाँ निकालेका थिए। घटना अनुसन्धान गर्दै आएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतबाटै उनलाई नियन्त्रणमा लिएर सोमबार काठमाडौं ल्याएको छ। यसरि भयो एटिएमबाट ५ करोड बढी रकमको ठगि :

ठगी गरेको अभियोग खेपीरहेका अनिशभक्त सुवाल

अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार सुवाल सन् २००८ बाट क्यासिनो जान थालेका थिए। प्रारम्भमा केही पैसा जिते पनि नियमित जानेक्रममा ५० लाख रुपैयाँ हारेपछि उनले आफ्नो जिम्मेवारीको दुरुपयोग गरेका थिए।
बैंकको सफ्टवेयर आफैंले बनाएकाले उनले सहजै त्यसको दुरुपयोग गरेका थिए। अनधिकृत रुपमा झिकिएको पैसा फिर्ता गर्न उनी राजी भएपछि बैंक व्यवस्थापक मौन बस्यो। त्यही मौकामा उनी भारत गए। फरार भएपछि मात्रै प्रहरीले उनको बदमासीबारे जानकारी पाएको थियो।

सुवाल भारत पुगेपछि पनि आइटी सिस्टम दुरुपयोग गरी रकम निकाल्ने क्रम भने रोकिएन। उनले भारतमै बसेर हिमालयन बैंकको सिस्टममा रहेका एनआइसी र एस विकास बैंकको खाताबाट समेत रकम झिकेका थिए। भारतबाट समेत रकम झिक्न थालेपछि बैंकले सिस्टम नै फेरेर ग्राहकलाई एटिएमको पिन नम्बर बदल्न लगाएको थियो।

१० वर्षअगाडि कार्ड सेन्टरका काम सुरु गरेका उनी दुई वर्षअगाडिसम्म सोही बैंकमा कार्यरत थिए। सन् २००४ मा हिमालयन बैंकको पुल्चोक शाखाबाट आइटी अफिसरका रुपमा उनले सेवा सुरु गरेका थिए। एटिएम मेसिन रहेको शाखा कार्यलयले बैंकले जारी गरेको भिसा मास्टर कार्डको रिसेम्बल अकाउन्टमा हिसाब नमिलेपछि आइटी शाखामा सो समस्याबारे जानकारी गरायो, जहाँ सुवाल नै कार्यरत थिए।
आइटी शाखामा उक्त समस्या आइपुग्दा सुवाल बिदामा थिए। उनी एक महिने बिदा बसेका बेला सोही शाखाका सहायक गिरिशराज पाण्डेले बैंकको डाटासँग भिसा कार्डको रिपोर्ट जाँच गर्दा अनिशकी श्रीमतीको कार्डमा समेत हिसाब नमिलेको खुलेको थियो।

अनुसन्धान गर्दै जाँदा सन् २००७ बाटै बैंकको एटिएममार्फत विभिन्न ग्राहकको खाताबाट अनधिकृत रुपमा रकम निकालिएको खुल्यो। आइटी डिमार्टमेन्टमा रहेका अनिशले बैंकको डाटाभित्र प्रवेश गरी विभिन्न ग्राहकको एटिएमको पिन नम्बर र पासवर्ड पत्ता लगाएर अनधिकृत रुपमा पैसा निकाल्ने गरेका रहेछन्।

अपराध महाशाखाले सोमबार सार्वजनिक गरेको तथ्यअनुसार पहिलो वर्ष उनले ९ लाख ४९ हजार निकाले। पैसा निकाल्दा बैंकमा त्यसको कुनै प्रतिक्रिया नआएपछि उनले ८ वटा कार्डमार्फत भटाभट पैसा निकाल्न थाले। सन् २००८ मा २७ लाख ४५ हजार, २००९ मा ९१ लाख, २०१० मा ७२ लाख २५ हजार, २०११ मा १ करोड ६१ लाख र सन् २०१२ मा १ करोड ८० लाख रुपैयाँ निकाले। बैंकले आफ्ना ग्राहकको खाताबाट अनधिकृत रुपमा रकम निकालिएको संकेत पाउँदा उनले ५ करोड ४२ लाख ६५ हजार झिकिसकेका थिए।
ठगी गरेको अभियोग खेपीरहेका अनिशभक्त सुवाल

atm यसरि भयो एटिएमबाट ५ करोड बढी रकमको ठगि  उनले अनधिकृत रुपमा पैसा निकाल्दा अन्य ग्राहकको पिन नम्बर निकालेर त्यसैको आधारमा नक्कली एटिएम कार्ड बनाएका थिए। सँगै उनले श्रीमतीको कार्डबाट समेत ३२ लाख ८३ हजार रुपैयाँ निकालेपछि बदमासी फेलापर्‍यो।

प्रारम्भमा सुवालको बदमासीबारे जानकारी पाएपछि बैंक प्रशासनले पैसा फिर्ता गराउन सुवाललाई मनाउँदै घटना गोप्य राखेको थियो। हिमालयन बैंकका सिइओ अशोक राणाका अनुसार सुवालले एटिएम कार्डमार्फत रकम निकालेपछि सो विवरण आफैंले मेटाएका थिए। घटनामा सुवालको संलग्नता खुलेपछि उनी सम्पर्कमा आएको र उनको परिवारलाई बोलाएर छलफल गरेको राणाले जानकारी दिए।

साभार – अपराध डट कम

1 comments

  1. chor chutiya saala kukur arule taile jastai tero paisa choreko vaye tw k garthis re

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide